ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो


 


भोजपुर, साउन ६
म्याङलुङ–आठराई सडक खण्ड अन्तरगत म्याङलुङ नगरपालिका वडा नम्बर १० साब्लास्थित जुके खोलामा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । म्याङलुङ बजारबाट हलिमेलातर्फ जादै गरेको को १ त ८८४२ नम्बरको ट्याक्टर बुधबार अपरान्ह साढे ४ बजे दुर्घटना हुँदा सल्यान जिल्ला त्रिबेणी गाविस २ का ३० वर्षीय घनश्याम बिकको ज्यान गएको हो।
मध्यपहाडी सडकखण्डमा मजदुरको रुपमा काम गर्दै आएका बिकको ट्याक्टरले च्यापिएर घटना स्लमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी सहायक निरीक्षक रमेश कार्कीले जानकारी दिए।

ट्याक्टर दुर्घटना भएपछि चालक फरार रहेकोले दुर्घटनाको कारण भने खुल्न नसकेको र फरार चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ६ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्