हत्या आरोपमा श्रीमान् र सासू पक्राउ



झापा, भदौ १०

कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी एक महिलालाई हत्या गरेको आरोपमा उनका श्रीमान् र सासूलाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचथर घर भई सुरुङ्गामा डेरा गरी बस्ने २० वर्षीया शर्मिला माझीको हत्याको आरोपमा उनकै श्रीमान् २० वर्षीय सवीन र सासू ४० वर्षीया शारदालाई प्रहरीले पक्राउ गरी इप्रका बिर्तामोडमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।

शर्मिलाको शंकास्पद अवस्थामा शुक्रबार बिहान घर छेउकै बकाइनाको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । बिहान ५ बजे स्थानीयवासीले शर्मिला बकाइनोको रुखमा झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेको इप्रका बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News