पतिको व्यवहारमा यस्तो परिवर्तन आयो ? सोच्नुहोस्–दालमे कुछ काला है


 



एजेन्सी
कुनै पनि सम्बन्ध विश्वासमा अडिएको हुन्छ । पति पत्नीबीचको सम्बन्ध पनि यस्तै हो । पति र पत्नीबीच बिहे भएको केही समयमा दुरी बढ्दै जान्छ भने त्यसमा कुनै न कुनै समस्या उत्पन्न भएको छ भनेर सोच्नुपर्छ । त्यसपछि पत्नीले पनि शंका गर्न थाल्छिन् ।
पतिको यस्तो व्यवहारलाई हेरेर महिलाले अर्को महिलासंग सम्बन्ध त भएको छैन भनेर बढी शंका गर्छन । कस्तो अवस्थामा पति बदलिएको थाहा पाउन सकिन्छ ? हेरौं :

फोनको पासवर्ड बदल्नु
यदि आफ्नो पतिले फोनको पासवर्ड बदलेको थाहा पाइन् भने पत्नीलाई शंका उत्पन्न हुन्छ । यससंगै च्याटमा गरेको कुराकानी पनि डिलेट गरेको पाइएमा पनि पति अफेयरमा रहेको संकेत मिल्छ ।

ड्रेसिङ्गमा बढी ध्यान दिनु
युवाहरु तब बढी रफ एण्ड टफ हुन्छ जब उनी कुनै कार्यक्रममा जान्छन् । यति पतिको ड्रेसिंग सेन्स बदलिँदै जान्छ भने पनि ‘दालमे कुछ काला है’ भनेर अनुमान लगाउन सकिन्छ ।

झगडा सुरु गुर्न
पति पहिले भन्दा झगडालु बन्दै जान्छ भने पनि उनी अफेयरमा भएको संकेत मिल्छ ।

समय नदिनु
कुनै पनि सम्बन्धमा समय दिएमा सम्बन्ध बलियो रहेको अनुभव हुन्छ । तर, यदि पति पहिलेको तुलनामा समय दिन मान्दैनन् । यसबाट पति आफूबाट टाढिँदै गएको बुझ्न सकिन्छ ।

अल्छिपना दखाउनु
यदि पति पहिलेको भन्दा अल्छिपना देखाइरहेको छ भने उनको यो बाहाना पनि हुन सक्छ । यसबाट तपाईले तपाईको पतिको चाहाना घट्दै गएको संकेत दिन्छ।

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्