अखिल क्रान्तिकारीको सम्मेलन : अर्यालद्वारा उम्मेदवारी फिर्ता


 



काठमाडौं, भदौ १४
अखिल क्रान्तिकारीको अध्यक्षको दौडमा रहेको मदन अर्यालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आफ्नो उम्मेदवार फिर्ता लिएसंगै उनले अर्का उम्मेदवार रञ्जित तामाङलाई समर्थन गरेका छन् ।

अब अध्यक्षको लागि रञ्जित तामाङ र अनिल शर्माबीच प्रतिशपर्धा हुने भएको छ । तामाङ र शर्माको संगठनमा बलियो पकड रहेको मानिन्छ ।
नेतृत्व चयनका लागि आजदेखि निर्वाचन गर्ने कार्यतालिका छ । २ हजार बढी प्रतिनिधिले ३१ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चुन्ने छन् । पदाधिकारीको संख्या ३३ भए पनि एक उपाध्यक्ष र एक उपमहासचिव भने मनोनित गर्ने व्यवस्था छ ।

 

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्