लसुन खाने युवकप्रति आकर्षित हुन्छन् युवती, अध्ययनबाट भयो ठूलो खुलासा


 



एजेन्सी
केटा मान्छे केटी मान्छेलाई आफूतर्फ आकर्षित गर्न हरेक उपाय लगाउने गर्छन् । यदि तपाई नभई युवती तपाईको पछि लाग्ने वातावरण सृजना गर्न अब तपाईले हरेक दिन लसुन खानुपर्छ ।

हालै भएको एक अध्ययनले खुलासा गरेको छ कि जो केटा मान्छे आफ्नो खानामा लसुनको प्रयोग गर्छ उसैप्रति नै केटीहरु आकर्षित हुने गरेको पाइएको छ । यो अध्ययन यूकेको यूनिवर्सिटी अफ स्टिरलिंगले गरेको हो । जसमा केटाहरुको एक समूह बनाइएको थियो । त्यो समूहको केही केटाहरुलाई ६ ग्राम लसुन खान दिइयो र केहीलाई पाउरोटीमा चिज लगाएर खान दिइयो । यसपछि केटीहरुलाई केटाहरुको टी–शर्ट सुँघ्न दिइयो ।

जसमा जो केटाहरुले लसुन खाएका थिए, उनीहरुको टी–शर्टको पसिनाको गन्धप्रति केटीहरु आकर्षित भएको पाइयो । यो अध्ययनपछि लहसुनमा धेरै मात्रामा एन्टिबायोटिक, एन्टिवायरल र एन्टिफङ्गल हुने गरेको निष्कर्ष निकालियो ।

जसका कारण लसुन खाने केटाहरुको पसिनामा फरक किसिमको गन्ध आउने गर्छ । दैनिक रुपमा काचो लसुन विहानै खाने गरेमा यौनसंग जोडिएका थुपै्र समस्या पनि कम हुँदै जान्छ ।

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्