संघीय समाजवादी फोरम भोजपुरको अध्यक्षमा राई


 


IMG_5061भोजपुर, साउन १०

संघीय समाजवादी फोरम नेपाल जिल्ला तदर्थ समिति भोजपुरको अध्यक्षमा आशकुमार राई सर्व सम्मत चयन भएका छन् । संघीय समाजवादी पार्टी भोजपुर र खस समावेशी पार्टी भोजपुरविच शनिबार पार्टी एकिकरण गरेर तदर्थ समिति गठन भएको संघीय समाजवादी फोरम नेपालले जनाएको छ ।

तदर्थ समिति एक सय एक सदस्यिय रहेको उक्त पार्टीले जनाएको छ । तदर्थ समितिको उपाध्यक्षमा ११ जना, सचिव तीन र उपसचिव ७ जना रहेको पार्टीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । चाँडै जिल्ला अधिवेशन गर्ने तयारी रहेकाे उक्त पार्टीले जनाएको छ ।

प्रकाशित मिति: १० श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्