Deshko News
१४ मंसिर २०८०, बिहिबार

फेसबुकका संस्थापक जकरबर्गलार्इ फेरी पुत्री लाभ, यसरी साटे खुसी


 


एजेन्सी, भदौ २४

चर्चित सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्ग पत्नी प्रिसिला चानलाई दोस्रो सन्तानको रुपमा पुत्री लाभ भएको छ ।

मंगलबार फेसबुकमा पोस्ट राख्दै जकरबर्गले पुत्री लाभ गरेको अफिसियल घोषणा गरेका थिए । गत २०१५ मा पहिलो सन्तानका रुपमा उनीहरुले पुत्री लाभ गरेका थिए । पहिलो छोरीको नाम म्याक्स राखेका उनीहरुले दोस्रो छोरीको नाम अगस्ट राखेका छन् ।

म्याक्स जन्मँदासमेत फेसबुकमा खुलापत्र लेखेर स्वागत गरेका जकरबर्गले यस पटक म्याक्सलाई सम्बोधन गर्दै अगस्टलाई रमाइलो पत्र लेखेका छन् ।  जकरबर्गले पत्रमा सबल र सक्षम विश्वको कामना गर्दै छोरी जन्मेको खुसियाली साटेका छन् ।

पहिलाे पटक पुत्री लाभ हुँदा जकरवर्ग दम्पती

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्