‘हिजो नारायणी किनारमा गुनगुनाउँदै हिड्ने सागर थिए, आज महासागर बनाइदिनुभयो’


 


काठमाडौं, भदौ २४
नेपाल आइडलको टप–४ बाट शुक्रबार बाहिरिएका सागर आलेले शनिबार सबैको मन छुने गरी फेसबुक स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्–‘एउटा सामान्य परिवारको झै म पनि एक साधारण सागर थिए, यहाँहरुकै देनले आज महासागर बनाइदियो ।

हिजो म चितवनको नारायणी किनारमा गुनगुनाउदै हिड्ने सागर थिए, नेपाल आइडलको यो मञ्चले आज मलाई विश्व सामु चिनाइदिएको छ, यहाँ भन्दा खुसीको कुरा के हुन सक्छ र ?  मेरो लागि यही नै काफी छ ।

हिजो म एउटा उपाधी जित्नको लागि लम्किरहेको थिए, अब आजबाट मेरो गीत संगीतको संसार जित्ने यात्रा सुरु भएको छ । मलाई अब हजुरहरुको बढी भन्दा बढी साथ यो यात्रामा जरुरी हुनेछ ।

एउटा उपाधीको नजिकै पुगेर पराजय व्यहोर्नुपर्दा अलिकति नरमाइलो त लाग्छ नै, तर त्यो भन्दा कति धेरै यहाँहरुको माया पाएर खुसी भएको छु ।’

हुनत् हिजो आउट हुँदा पनि सागरले सबैको मन जित्ने अभिव्यक्ति दिएका थिए । अक्सर मान्छेले आफू प्रतिस्पर्धाबाट बाहिरिदा सागरको जस्तो अभिव्यक्ति दिनै सक्दैन ।

राती करिब १० बजे सागरले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटस एक घण्टामै ३२ सयले मन पराएका छन् भने पाँच सय बढी कमेन्ट र एक सय बढीले उनको स्टाटसलाई सेयर गरिसकेका छन् ।

सागरले फेसबुक पेजमा लेखेको स्टाटस जस्ताको तस्तै

मेरा आदरणिय गुरु, शुभचिन्तक, मलाई नेपाल आइडलको उपाधी दिलाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लागि परिरहनु हुने मेरा अत्यन्त श्रद्देय श्रोता अनि दर्शक वर्गहरु, देश तथा विदेशमा रहेर पनि मलाई नेपाल आइडलको यो मञ्चमा देखिरहनको लागि भोट गरिदिनु हुने सबैमा नमस्कार र मेरालागि सधै लागिरहनु हुने प्यारा साथीहरु अनि मेरो घरपरिवार सबैमा शुभ प्यार ।

एउटा सामान्य परिवारको झै म पनि एक साधारण सागर थिए, यहाँहरुकै देनले आज महासागर बनाइदियो । हिजो म चितवनको नारायणी किनारमा गुनगुनाउदै हिड्ने सागर थिए, नेपाल आइडलको यो मञ्चले आज मलाई विश्व सामु चिनाइदिएको छ, यहाँ भन्दा खुसीको कुरा के हुन सक्छ र ?  मेरोलागि यही नै काफी छ ।

हिजो म एउटा उपाधी जित्नको लागि लम्किरहेको थिए, अब आजबाट मेरो गीत संगीतको संसार जित्ने यात्रा सुरु भएको छ । मलाई अब हजुरहरुको बढी भन्दा बढी साथ यो यात्रामा जरुरी हुनेछ ।

एउटा उपाधीको नजिकै पुगेर पराजय व्यहोर्नुपर्दा अलिकति नरमाइलो त लाग्छ नै, तर त्यो भन्दा कति धेरै यहाँहरुको माया पाएर खुसी भएको छु ।

प्रतिस्पर्धा त खेलको नियम नै हो, हजारौले भाग लिएपनि एउटाले हो जित्ने त । म भन्दा गायकीमा अब्बल ठहरिएकाहरु झन पहिले नै त्यो मञ्चबाट निस्किदा मलाई पनि पीडाबोध हुन्थ्यो ।

आज म पनि बाहिरिए, म कति पनि दुखी छैन, अब झन म हजुरहरुको नजिक छु, मेरा कमी कमजोरीहरुलाई औल्याइदिदै मेरो हैसे मा होस्टे गरिदिनु हुन्छ भन्ने आशा अनि विश्वासमा छु ।

म मेरा दर्शक अनि श्रोताहरुलाई कहिल्यै निराश पार्ने छैन, मलाई जन्म दिने मेरी आमा, कर्म दिने बाबा, मेरा हरेक यात्रामा साथ र सहयोग गर्ने दाजुभाइ अनि मेरो सांगीतिक यात्रामा रंग भरिदिने मेरा गुरुहरु अनि मलाई नजिकैबाट चिन्नुहुने सम्पूर्ण दर्शक श्रोताहरुको हात सधै मेरो शीरमा छ ।

मैले यो माया जुनी भरी यसै गरि पाहिराखौं । नेपाल आइडलको फाइनलमा पुग्नुहुने मेरा सबैभन्दा प्यारा साथीहरु, तिमीहरु सबैलाई मेरो शुभकामना र अन्त्यमा नेपाल आइडलको यात्रा टुंगिए पनि संगीतको हरेक विधामा नयाँ रुप र नयाँ पन लिएर उदाउने छु । जय गीत जय संगीत।।
नमस्ते सम्पुर्णमा।।।

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्