दुई पेज लामो विज्ञप्ति लेखेर नवराज सिलवालले दिए राजिनामा (विज्ञप्ति सहित)


 


काठमाडौं, भदौ २७
आईजीपी प्रकरणमा मुद्दा हारे लगतै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले दुई पेज लामो विज्ञप्ति निकाल्दै राजीनामा दिएका छन् ।

सिलवालले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् । अन्यायमा पर्दा कस्तो पीडा हुँदोरहेछ भन्ने आफूले अनुभूति गरेको भन्दै उनले अन्यायमा परेकाहरुको सशक्त आवाज बन्ने कोसिस गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग गर्दै डीआईजी सिलवाल सर्वोच्च गएका थिए । तर, प्रकाश अर्याललाई महानिरीक्षक बनाउने सरकारको निर्णय सदर गर्दै सर्वोच्चको पूर्ण इजलासले मंगलबार सिलवालको रिट खारेज गरेको थियो ।

यस्तो छ सिलवालको विज्ञप्ति

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्