बैंकहरुमा पैसा थुप्रियो, ७१ अर्ब रुपैयाँ बढी तरलता


 


काठमाडौं, भदौ २८
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ।

हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ। तरलता अभाव सुरु भएको करिब एक वर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए। आजको अन्नपूर्णमा खबर छ ।

‘हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ,’ थापाले भने, ‘निक्षेप वृद्धिदर १४ प्रतिशतभन्दा माथि उक्लिएको छ भने कर्जा प्रवाह १८÷१९ प्रतिशतमा खुम्चिएको छ।’ पुँजी वृद्धि योजना पनि अधिक तरलताको अर्को प्रमुख कारण हो। पुँजी वृद्धि योजनाअनुसार ६५ अर्ब पुँजी बैंकहरुमा थपिएको छ।

साउनदेखि बैंकमा तरलताको अवस्था सुधार हुँदै आए पनि बैंकले लगानी बढाउन नसकेका कारण अधिक तरलताको अवस्था आएको हो। गत साल असोज अन्तिम साताबाट तरलता अभाव सुरु भएको थियो। राष्ट्र बैंकका अनुसार एक महिनायता बजारमा बढी भएको करिब ५२ अर्ब तरलता राष्ट्र बैंकले खिचिसकेको छ।

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्