Deshko News
१४ मंसिर २०८०, बिहिबार

नेपालले पायो ५१ रनको लक्ष्य, दीपेन्द्रले लिए ५ विकेट


 


काठमाडौं, भदौ २८
एसीसी यू–१९ छनोटमा भुटान विरुद्धको खेलमा नेपालले ५१ रनको लक्ष्य पाएको छ । कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएपछि नेपालले भुटानलाई ५० रनमै अलआउट गरेको छ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २८ ओभरमा ५० रन बनाएर अलआउट भएपछि नेपालले ५१ लक्ष्य पाएको हो।

नेपालका लागि कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए। यस्तै सन्दीप लामिछाने ७ ओभर बलिङ गर्दा ३ मेडन राखेर ७ रन दिदै ४ विकेट लिए। नन्दन यादवले १ विकेट लिए।

नेपाल सामु टिक्न नसकेको भुटानका लगि दुई खेलाडीले मात्र दोहोरो स्कोर गर्न सके। कप्तान तासी फुन्ट्सोले सर्वाधिक १६ रन बनाए भने ओपनर उग्यन दोर्जीले १३ रन मात्र बनाउन सके ।

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्