दशैंका लागि नयाँ नोट साट्न सुरू कहाँ-कहाँबाट पाईन्छ ?



काठमाडौं, भदौ २८ 

बुधबारबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता नारायण पौडेलले यो वर्ष दशैंका लागि ३० देखि ४० अर्ब रुपैयाँ नयाँ नोट साटिने सम्भावना रहेको बताए ।

यस पटक सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । तर, सरकारी बैंकमा नोट साट्न जाँदा प्रत्तिव्यक्ति २० हजार रुपैयाँसम्म मात्रै नयाँ नोट साट्न पाइने छ ।

नेपाल बैंकको बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर शाखाबाट नोट साट्न पाइनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयसहित टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि नोट साट्ने व्यवस्था गरिएको छ ।

यता, कृषि बिकास बैंकको मुख्य कार्यालय सहित कोटेश्वर, गौशला, रत्नपार्क र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न पाइनेछ । राष्ट्र बैंकको क्षेत्रीय कार्यालय र मुद्रा सञ्चिति रहेका वाणिज्य बैंकबाट पनि नयाँ नोट वितरण हुनेछ ।

बैंकहरुले ५, १०, २०, ५० र १ सय दरका नोट सटही सुविधा दिने भएका हुन् । निजी क्षेत्रका बैंकहरुबाट पनि नयाँ नोट साट्न पाइने भएको छ । यसका लागि राष्ट्र बैंकले निजी बैंकहरुलाई साढे ३ करोड देखि ११ करोड रुपैयाँसम्मका नयाँ नोट दिने भएको हो ।
सरकारी निकाय लगायतकाले भदौं २१ गतेदेखि नोट साट्न सक्ने व्यवस्था गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News