गाउँपालिका प्रमुख मध्यराति ससुरालीबाट अपहरण


 


काठमाडौं, भदौ ३०
ससुराली गएका रोल्पाको थवाङ गाउँपालिका प्रमुख विरबहादुर घर्तीलाई मध्यराति अज्ञात समूहले अपहरण गरेको छ।

बिहीबार राती थवाङ–२ स्थित ससुराली घरमा सुतिरहेका घर्तीलाई अज्ञात समुहले बोलाएर अपहरण गरेको जिल्ला प्रहरी कार्याल रोल्पाका डिएसपी विरेन्द्र थापाले जानकारी दिए । उनले अध्यक्ष घर्तीलाई राती २ बजेतिर अज्ञात समूहले अपहरण गरेको र उनको खोजी कार्य भइरहेको बताए ।

प्रहरीले घर्तीको अपहरण विप्लपका कार्यकर्ताले गरेको हुनसक्ने आशंका गरेको छ । शनिबार यहाँ आयोजना हुने कार्यक्रममा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुग्ने कार्यक्रम थियो । तर, सो कार्यक्रमको अघिल्लो दिन नै घर्तीलाई अपहरण गरिएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्