प्रधानमन्त्री, मन्त्रीहरु राजनीतिक प्राणी हुन्, निर्वाचनमा केन्द्रित हुनु स्वभाविक : महरा



चितवन, भदौ ३०

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताउनुभएको छ ।

पत्रकारसँग कुराकानी गर्दै उहाँले चुनावी आचारसंहितालाई ध्यानमा राखेर नै सरकारले काम गरेको बताउनुभयो । उपप्रधानमन्त्री महराले भन्नुभयो “निर्वाचन आयोगको आचारसंहिता बेगर सरकारले कुनै काम गरेको छैन ।”

आचारसंहिता कार्यान्वयनमा सरकारले सहयोग गर्ने भन्दै उहाँले शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोग जरुरत हुने बताउनुभयो । सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु सबै राजनीतिक प्राणी भएकाले निर्वाचनमा केन्द्रित हुनु स्वाभाविक भएको भन्दै उहाँले स्वच्छ प्रतिस्पर्धाका लागि लाग्नुलाई फरक अर्थमा हेरिनु नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो “आफ्ना मान्छे जिताउन प्रतिस्पर्धामा लाग्नु स्वाभाविक हो ।” पर्साको ठोरीमा चुनावी अभियानमा सहभागी हुन आज बिहान उपप्रधानमन्त्री महरा विमानबाट भरतपुर आउनुभएको हो । निजी नम्बरको गाडीमा उहाँ चितवनको माडी हुँदै ठोरीतर्फ जानुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News