यौन जीवन कसरी सफल बनाउने ? यस्ता छन् १० उपाय



यौन मानिसका लागि आधारभूत आवश्यक्ता हो । तर, हाम्रो सामाजमा यौन जीवनलाई खुल्ला राखिएको छैन । यही अवस्थामा मानव जीवनको अनिवार्य आवश्यक्ताको रुपमा रहेको यौन जीवनलाई सहज र सफल कसरी बनाउने ? यहाँ १० उपाय प्रस्तुत गरिएका छन्

–सम्भोगका बेला जोडीको मूडलाई ध्यानमा राख्नुहोस्। यदि जोडीको मुड खराब छ भने आफ्नो माया र स्पर्शले पहिले उसको मुडलाई सही ठाउँमा ल्याउने प्रयास गर्नुहोस् तर सम्भोगका लागि जोडी तयार नहुँदै कर गर्नु राम्रो हुँदैन ।

–सम्भोगका बेला एक–अर्कामा शारीरिक एवं मानसिक रूपले बढी भन्दा बढी नजिक हुने प्रयास गर्नुहोस् ।

–यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिनु हुँदैन । अन्तरंग पलहरूलाई सधै ख्यालठट्टाको रूपमा लिनु उचित हुन्छ ।

–सम्भोगका विषयमा तपाईं वा जोडीको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाएर मात्र सम्भोगको सिलसिला अघि बढाउनुपर्छ ।

–सम्भोगका दौरान जोडीको सन्तुष्टिको ख्याल गर्नुहोस् ।

–यौनजीवनको पर्याप्त आनन्द लिनका लागि तपाईं शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । त्यसैले सधैं व्यायाम र सन्तुलित भोजन ग्रहण गरी तन्दुरुस्त रहनु राम्रो मानिन्छ ।

–सम्भोगका बेला पाक्क्रीडामा बढि जोड दिनुहोस् । यसले तपाईं र तपाईंको जोडीलाई बढी चरमसुख प्राप्त हुन्छ ।

–सम्भोगका बेला कम बोल्नुहोस् र आफ्नो जोडीप्रति एकाग्र हुनुहोस् र उनका कुरा पनि सुन्नुहोस् ।

–सम्भोगलाई निरन्तरता दिनुहोस् । सम्भोगमा धेरै अन्तराल राख्नु राम्रो होइन ।

–सम्भोगका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोला । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News