मोहन वैद्यको खुलासा–’प्रचण्ड कम्युनिष्ट होइनन्, नाटककार हुन्’



तिलोत्तमा, असोज १

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको टिप्पणी गर्नुभएको छ ।

क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति, रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर्न सिपालु छन् ।”

अध्यक्ष वैद्यले नेपालका कम्युनिष्टले वामको आवरणमा कम्युनिष्टको नाम भजाएर कम्युनिष्टकै बद्नाम गरिरहेको चर्चा गर्दै माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै पनि हालतमा एकता नहुने प्रष्ट पार्नुभयो ।

“प्रचण्डको काँग्रेससँग कुरा मिल्छ, उहाँले काँग्रेससँग एकता गरे हुन्छ”– वैद्यले भन्नुभयो – “सच्चा क्रान्तिकारीबीच एकता र धु्रवीकरण हुनेभएकाले यसका लागि मसाल, विप्लवसँग छलफल चलिरहेको छ ।”

अध्यक्ष वैद्यले उत्पीडकबाट उत्पीडित जनतामा राज्यसत्ता आए मात्रै वास्तविक जनताको शासन सत्ता आउने र त्यसले मात्र जनताको अधिकार सुनिश्चित हुने बताउँदै पार्टी मुलुककै वैकिल्पक शक्तिका रुपमा उदयमान हुने दाबी गर्नुभयो ।

संविधानले गणतन्त्र, धर्म निरपेक्षता, संघीयताजस्ता केही कुराको सुनिश्चितता गरे पनि आदिवासी जनजाति, दलित, मधेसी, मुश्लिमलगायत समग्र जनताको अधिकारलाई ग्यारेन्टी गर्न नसकेको पनि उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News