प्रदेश नम्बर २ मा मतदान सुरु, मतदाता विहानैदेखि लाइनमा


 


काठमाडौं, असोज २
प्रदेश नम्बर २ मा मतदान सुरु भएको छ । प्रदेशका आठवटै जिल्लामा विहान ७ बजेदेखि एकैसाथ मतदान प्रक्रिया सुरु भएको हो । साँझ पाँच बजेसम्मका लागि मतदानको समय तोकिएको छ । मतदानका लागि विहानैदेखि मतदाताहरु लाइनमा लागेका छन् ।

 

तराईमा दिउँसोको समयमा गर्मी हुने हुँदा पनि मतदाताहरुको घुइँचो विहानै लागेको छ । निर्वाचनमा सहभागी हुन पाउँदा मतदाताहरु निकै खुशी देखिएको निर्वाचन आयोगले जनाएको छ।

यसअघि पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी नभएका दल राजपा नेपालसहितका असन्तुष्ट दल पनि निर्वाचनमा सहभागी भएपछि तेस्रो चरणमा प्रदेश नम्बर २ को निर्वाचन आज हुँदैछ ।

स्थानीय निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको एक सय ३६ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । यहाँ एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्