आमा बनिन् सन्नी लियोन



कुनै बेलाकी नामी पोर्नस्टार र अहिलेकी बलिउडकी हट सेन्सेसन सन्नी लियोन आमा बनेकी छन् । गर्भवती नभई सन्नी आमा बनेको सनसनीपूर्ण खबर सुन्दा जिब्रो काड्ने धेरै छन् ।

तर सत्य कुरा के हो आमा बन्न सन्नीले २१ महिने बालिकालाई धर्मपुत्री बनाएर घरमा ल्याएकी हुन् । सन्नी र पति डेनियल वेबर निकै पहिलेदेखि आफूहरु सन्तानको पर्खाइमा रहेको बताउँदै आएका थिए ।

सन्नी शारीरिक रुपमा सन्तान लाभ गर्न अक्षम भएकै कारण उनीहरुले अनाथालयबाट धर्मसन्तान लिएका हुन् । उनीहरुले धर्मपुत्रीका रुपमा महाराष्ट्रको लतुरबाट बालिका लिएका हुन् ।

महाराष्ट्रमा हुर्किएकी बालिका मराठी भाषा मात्र बोल्न सक्छिन् । अहिले उनी बाई बाई मात्र भन्न सक्छिन् । सन्नी दम्पतिले छोरीको नाम निशा कौर वेबर राखिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News