नयाँ शक्ति पार्टी जुम्लाले उम्मेदवारको टुंगो लगायो



जुम्ला, असोज २

आगामी मंसिर १० गते हुने प्रदेश र संघको चुनावका लागि नयाँ शक्ति पार्टी जुम्लाले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ । नयाँ शक्तिले पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामकृष्ण बुढ्थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार घोषणा गरेको छ ।

त्यस्तै, प्रदेशसभा सदस्यका लागि जुम्लाको क्षेत्र नं १ बाट नरेन्द्रनाथ योगी र क्षेत्र नं २ बाट सरस्वती पाण्डे (भट्टराई)को उम्मेदवारी घोषणा गरिएको नयाँ शक्ति पार्टी जुम्लाका संयोजक राधाकृष्ण बुढ्थापाले जानकारी दिनुभयो । अन्य पार्टीमा उम्मेदवार चयनका लागि बहस चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News