प्रधानमन्त्री आज अमेरिका जाँदैः कहिले फर्किन्छन् ?


 


काठमाडौं, असोज ३
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन आज मंगलबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् ।

१९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका जान लागेका हुन् ।

देउवा असोज ८ गते न्यूयोर्कबाट ओमानको राजधानी मस्कट पुग्नेछन् । प्रधानमन्त्री देउवा असोज १२ गते ओमानबाट स्वदेश आउनेछन् । आजको नागरिकमा खबर छ ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्