प्रदेश नम्बर २ मा पहिलो खाता माओबादी केन्द्रबाट, दुई स्थानमा विजयी


 


काठमाडौं, असोज ३
प्रदेश नम्बर २ मा पहिलो खाता माओबादी केन्द्रले खालेको छ । माओवादी केन्द्रले पहिलो पटक अध्यक्षमा खाता खोलेको हो ।

सिरहाको कर्जन्हा नगरपालिका १ मा माओवादीका मोहन केसीको प्यानल नै विजयी भएको छ । केसी ३ सय ४२ मतका साथ विजयी भएका हुन । यहाँबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोश्रो संविधानसभामा विजयी भएका थिए ।

त्यस्तै, धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्