Deshko News
१६ आश्विन २०८०, मंगलबार

माधव नेपालको गृह जिल्लामा कांग्रेसले खोल्यो पहिलो खाता



रौतहट, असोज ३

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा एमाले नेता माधव नेपालको गृह जिल्ला रौतहटबाट नेपाली कांग्रेसले पहिलो खाता खोलेको छ ।

जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका उम्मेद्वार विगु साह वनिया विजयी भएका छन् ।

रौतहट जिल्ला लगायत २ नम्बर प्रदेशका ८ जिल्लाका अधिकांश स्थानीय तहमा मतगणना जारी छ । अहिलेसम्म माओवादी केन्द्रले दुईवटा वडा जितेको छ ।

त्यस्तै संघीय समाजवादी फोरमले पनि एउटा वडा जितेको छ भने कांग्रेस अगाडि देखिएको छ । कांग्रेस, एमाले, माओवादी क्रमशः अगाडि देखिएका छन् ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News