Deshko News
१६ आश्विन २०८०, मंगलबार

प्रदेश नम्बर २ मा माओवादीको तेस्रो जीत, कहाँ–कहाँ जित्यो ?



काठमाडौं, असोज ३
स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रले आफ्नो विजयी यात्रा जारी राखेको छ । रौतहटको फतुहा विजयपुर नगरपालिका वडा नं १ मा पनि विजय हाशिल गर्दै माओवादीले अहिलेसम्म २ नम्बर प्रदेशका ३ वटा वडामा जीत हात पारेको छ ।

रौतहटको फतुहा विजयपुर नगरपालिका वडा नं १का उम्मेदवार संजय साहले विजयी भएका छन् । यसअघि माओवादी धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा विजयी भएको थियो।

त्यस्तै माओवादीले सिरहाको कर्जन्हा नगरपालिका वडा नं १ को अध्यक्षमा माओवादी केन्द्रका मोहनबहादुर खत्री ३४२ मत ल्याएर विजयी भएका थिए ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News