दशैंमा घर जान एक हप्तामै ४६ हजार यात्रुले गाडीको टिकट बुकिङ गरे



काठमाडौँ, असोज ३

टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गराएका छन् । दशैँका लागि गत भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो ।

भदौ २७ गते ११ हजार ८१७, २८ गते सात हजार ३३६, २९ गते छ हजार ७७४, ३० गते सात हजार ५९६, ३१ गते चार हजार ८९८, असोज १ गते चार हजार ६३० तथा असोज २ गते तीन हजार ४१४ जनाले अग्रिम टिकट बुकिङ गराएका हुन् ।

देशका विभिन्न भागमा जान नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ । सबैभन्दा धेरै यात्रु नयाँ बसपार्कबाट बाहिरिने गरेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दशैँका लागि ७० प्रतिशत टिकट बुकिङ भएकोे बताउनुहुन्छ । “सडकको दुरावस्था र वर्षाका कारण केही यात्रुले अझै पनि टिकट काटेका छैनन्,” उहाँले भन्नुभयो । गत वर्षको तुलनामा यस वर्ष कम टिकट बुकिङ भएको छ ।

बाटोको दुरावस्था र वर्षाका कारण दशैँ आउनुभन्दा १५ दिन पहिला नै हवाइजहाजको टिकट बुकिङ भइसकेको छ । विभागकाअनुसार यस वर्ष २० देखि २१ लाखसम्म यात्रु दशैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने सम्भावना छ ।

विभागका प्रवक्ता डा टोकराज पाण्डे १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायातका साधन र पाँचदेखि छ लाख यात्रु निजी यातायातका साधनमा बाहिरिने बताउनुहुन्छ । “टिकट वितरणमा कुनै समस्या छैन,” उहाँले भन्नुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]il.com
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News