प्रदेश नं २ का १३६ स्थानीय तहमा कुन दल अगाडि ? (सबै विवरण सहित)


 


काठमाडौं, असोज ३
प्रदेश नम्बर २ का स्थानीय तहमा मंगलबार राति साढे ११बजेसम्म ८० स्थानको प्रारम्भिक नतिजा आएको छ । जस अनुसार नेपाली कांग्रेसको अग्रता कायमै छ ।

प्राप्त नतिजा अनुसार कांग्रेसले अहिलेसम्म २३ स्थानका स्थानीय तहमा अग्रता लिएको छ । त्यस्तै नेकपा एमालेले १८ स्थानीय तहमा अग्रता लिएको छ भने उसले कांग्रेसलाई पछ्याइरहेको देखिन्छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १४ स्थानमा अग्रता लिँदै कांग्रेस र एमालेलाई पछ्याइरहेको छ । माओवादी केन्द्र १२ स्थानमा अगाडि छ भने राजपा नेपाल १० वटा स्थानीय तहमा अग्रस्थानमा छ। त्यस्तै फोरम लोकतान्त्रिक ३ स्थानमा अगाडि छ ।

सुरुवाती चरणमा कांग्रेसको अग्रता ह्वात्तै बढे पनि अहिले यो संख्या क्रमशः घट्दै जान थालेको छ भने अन्य दलले पछ्याइरहेका छन् ।

आगामी शनिबारसम्म सबै नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । तर अहिलेसम्म वडा बाहेक कुनै पनि स्थानीय तहको अन्तिम मतगणना सकिएको छैन् ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्