अब राष्ट्रपति र उपराष्ट्रपतिलाई कुनै मुद्दा नलाग्ने, सेवा सुविधा कति ?


 


काठमाडौं, असोज ८
राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्दा दर्ता नहुने भएको छ । संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाा वर्तमान र पूर्वराष्ट्रपतिलाई अदालतमा कुनै मुद्दा चलाउन नपाउने व्यवस्था राखिएको छ ।

संसद्को सुशासन तथा अनुगमन समितिमा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकमा छलफल भएको आजको नागरिक दैनिकमा खबर छ ।

विधेयकको दफा १६ मा रहको मुद्दा नचलाईने शीर्षकमा राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीका विषयमा निज पदामा रहँदा वा सेवा निवृत्त भएपछि निजउपर कुनै अदालतमा मुद्दा चर्लाइने छैन’, भन्ने उल्लेख गरिएको छ ।

सेवा सुविधा कति ?

यसैगरी राष्ट्रपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार ४ सय ५० रूपैयाँ र उपराष्ट्रपतिको १ लाख ८ हजार ३० रूपैयाँ तोकिएको छ । पोशाक सुविधा बापत राष्ट्रपतिले वार्षिक २५ हजार र उपराष्ट्रपतिले २० हजार रूपैयाँ उपलब्ध गराइने भएको छ ।

राष्ट्रपतिको अतिथि सत्कार तथा भै परी खर्चवापत मासिक पारिश्रमिक रकम बराबर दिइने भएको छ। यसको कुनै विल भर्पाई पेश गर्नुपर्दैन । यस्तै विदेश भ्रमण भत्ता दैनिक २ सय ५० डलर रहेको छ। विदेश भ्रमणका क्रममा २५ लाखको बिमा गरिने भएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्