चौकीदारको छोराबाट खर्बपति बनेका आचार्य बालकृष्ण को हुन्, कसरी कमाए यति धेरै सम्पत्ति ?


 


बीबीसी, असोज १४
चिनियाँ अनुसन्धान संस्था ‘हुरुन’ ले भारतमा सन् २०१७ का धनीहरुको सूची निकालेको छ जसको आठौं स्थानमा पतञ्जलीका प्रमुख कार्यकारी आचार्य बालकृष्ण आठौं स्थानमा परेका छन् । गत वर्ष बालकृष्ण २५औं नम्बरमा थिए ।

यो वर्ष उनको सम्पत्ति १७३ प्रतिशतले बढेर ७० हजार करोड भारतीय रुपैयाँ अर्थात् करिब सवा ११ खर्ब नेपाली रुपैयाँ पुग्यो । हुरुनका अनुसार, नोटबन्दी र वस्तु तथा सेवा कर जीएसटीले बालकृष्णको सम्पत्ति वृद्धिमा मद्दत गर्यो ।

‍नोटबन्दीले संगठित क्षेत्रमा सकारात्मक प्रभाव पारेको ठानिएको छ । ४४ वर्षका बालकृष्ण यही मार्चमा फोर्ब्स अखबारले निकालेको संसारका अर्बपतिहरुको सूचीमा ८१४ नम्बरमा थिए । त्यतिखेर २०४३ अर्बपतिको सूची निकालिएको थियो ।

चौकीदारको छोराबाट खर्बपति

गत वर्ष फोर्ब्सको सूचीमा भारतका १०० धनीको सूचीमा उनी साढे २ अर्ब डलरसहित ४८औं नम्बरमा थिए । पछिल्लो आर्थिक वर्षमा पतञ्जलीले १० हजार ५६१ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो । पतञ्जलीले बहुराष्ट्रिय कम्पनीहरुलाई कडा चुनौती दिइरहेको छ।

बालकृष्णको जन्म नेपालमा भएको थियो र हरियाणाको एक गुरुकुलमा उनले योगगुरु रामदेवसँगै पढाइ गरेका थिए । सन् १९९५ मा यी दुई जना मिलेर दिव्य फार्मेसीको स्थापना गरे । सन् २००६ मा पतञ्जली आयुर्वेदको स्थापना भयो ।

अहिले पतञ्जलीले श्याम्पूदेखि लिएर अनाज, साबुनदेखि लिएर चाउचाउसमेत बेच्छ । हुरुनको सूचीमा पहिलो नम्बरमा मुकेश आम्बानी छन् ।

उनको कुल सम्पत्ति २ लाख ५७ हजार ९ सय करोड भारतीय रुपैयाँ छ । त्यो गत वर्षको तुलनामा ५८ प्रतिशतले बढेको हो ।

प्रकाशित मिति: १४ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्