Deshko News
१३ आश्विन २०८०, शनिबार

म्यादी प्रहरीमा ९८ हजारका लागि जागिर खुल्यो, खाने होइन ?



काठमाडौं, असोज २४
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्ने भएको छ । आज प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना प्रकाशित गरी ९८ हजार २ सय ६८ म्यादी प्रहरीको भर्ना खुलाएको हो ।

आजदेखि असोज ३० गतेसम्म म्यादी प्रहरीका लागि दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रत्येक जिल्लाहरुमा दरखास्त दिन सकिनेछ ।

म्यादी प्रहरीको अवधि ५५ दिनको रहने सूचनामा उल्लेख छ । म्यादी प्रहरीलाई नेपाल प्रहरीको जवान सरह सेवा सुविधा उपलब्ध गराउने प्रहरी हेडक्वाटरको सूचनामा उल्लेख छ ।

कार्तिक ५ गतेदेखि ८ गतेसम्म छनोट तथा १० गते नतिजा प्रकाशित हुनेछ । म्यादी प्रहरीले कार्तिक १२ गतेदेखि २४ गतेसम्म प्रशिक्षण लिएर चुनावी क्षेत्रमा खट्नु पर्नेछ ।

हेर्नुस विस्तृत सूचना

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News