नेपाल प्रहरीको टोपीमा भारतको झण्डा !



काठमाडौं, असोज २७

नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि भने पत्याउनै पर्ने हुन्छ ।

कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झन्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन् ।

अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ । आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षौंदेखि शीरमा राख्दै आइरहेका छन् । उनीहरुलाई यसबारे जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ ।

संगठनको तल्लो तहका जवान मात्रै होइन, प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन् ।

–नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News