मन्त्रीको पुस्तक बेच्न सरकारी गाडी प्रयोग



काठमाडौं, २९ असोज

सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक बिक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको  पाइएको छ । मन्त्री साहले लेखेको ‘मधेसी मुक्तिका लागि आधारहरु’ नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई–मधेसका जिल्लाहरुमा बिक्री गर्दै हिँडेका छन् ।

शनिबार बिहान बा२ झ २२६३ नम्बरको सरकारी गाडी लहानस्थित सीता नोबेल पुस्तक पसल अगाडि भेटिएको हो ।

उक्त गाडीमा शशिभूषण साह सवार थिए । उनले आफू मन्त्रीको सचिवालयका कर्मचारी भएको स्वीकारे । तर, उनी मन्त्रीको पुस्तक बिक्रीका लागि सरकारी गाडी प्रयोग गरेको विषयमा केही पनि बोलेनन् ।

स्रोतका अनुसार एक साताअघि नै उक्त गाडी लिएर सचिवालयका कर्मचारी व्यक्तिगत पुस्तक बिक्रीका लागि काठमाडौंबाट मधेस झरेका हुन् । -अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News