कतारमा १३ सय नेपालीको जागीर गुम्यो, किन ?


 


काठमाडौं, असोज ३०
कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ ।

कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् । युनाईटेड कम्पनीमा नेपालीसहित फिलिफिन्स, बंगलादेश, श्रीलंका, र अफ्रिकी देशमा नागरिक कार्यरत छन् ।

कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र भिसा नवीकरण गरेको छैन ।

पीडितहरुले तलवसहित स्वदेश पठाईदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएको आजको कान्तिपुर दैनिकमा खबर प्रकाशित भएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्