चितवनका मतदाता तीन लाख ५४ हजार



चितवन,  कात्तिक १

गत स्थानीय निर्वाचनपछि जिल्लामा मतदाताको संख्या बढेको छ । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जिल्लाका तीन लाख ५४ हजार ३६ जनाले मतदान गर्न पाउने भएका हुन् ।
स्थानीय तहको निर्वाचन हुँदा जिल्लामा तीन लाख १३ हजार दुईजना मतदाता रहेका थिए । जिल्ला निर्वाचन कार्यालयले पठाएको विवरणलाई निर्वाचन आयोगले अन्तिम रुप दिँदै नामावली पठाएसँगै चितवनको मतदाता विवरणको टुंगो लागेको हो ।

स्थानीय तहको निर्वाचन भन्दा यस निर्वाचनमा ४१ हजार ३४ बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरि ढकालले जानकारी दिनुभयो ।

चितवनमा प्रतिनिधि सभा तर्फ सबैभन्दा बढी क्षेत्र नं ३ मा मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं ६, ८, ९, १३ देखि २८ र माडी नगरपालिका रहेकाले मतदाताको संख्या बढी भएको हो । यस क्षेत्रमा कुल एक लाख २५ हजार ८१८ मतदाता रहेका छन् ।

यस्तै क्षेत्र नं १ मा एक लाख १९ हजार ९९८ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका पर्दछन् ।

क्षेत्र नम्बर २ मा एक लाख आठ हजार २१९ मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं १ देखि ५, ७, १०, ११, १२ र २९ वडासँगै, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछन् ।

चितवनमा पुरुषको तुलनामा महिला मतदाता बढी देखिएका छन् । जिल्लामा कुल एक लाख ६९ हजार ९६५ मतदाता पुरुष छन् भने एक लाख ८४ हजार ६९ मतदाता महिला छन् । यस्तै जिल्लामा एकजना मात्रै तेस्रो लिंगी मतदाता रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News