पहिले फेल, अहिले पास


 


एसएलसीमा चरम लापारबाही

काठमाडौं, साउन १९

एसएलसीको नतिजा चित्त नबुझेर पुनर्योगमा निवेदन दिएकामध्ये झन्डै ११ प्रतिशतको प्राप्तांक सच्चिएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार १३ हजार ७ सय ७५ जनाले पुनर्योगका लागि निवेदन गरे पनि १ हजार ४ सय ९५ अर्थात् १० दशमलव ८५ प्रतिशतको प्राप्तांक परिवर्तन भएको छ ।

फेल भएर पुनर्योग गर्नेमध्ये ४ सय ४१ जना उत्तीर्ण भएका छन् । त्यस्तै उत्तीर्ण भएर पनि पुनर्योग गरेकामध्ये १ हजार ५४ जनाको प्राप्तांक बढेको छ ।

परीक्षक र सम्परीक्षकको लापरबाहीले विद्यार्थीले प्राप्त गरेको प्राप्तांकभन्दा कम नम्बर आएको द्वारेले बताए । उत्तरपुस्तिकामा ९१ अंक प्राप्त गरेकोमा बाहिरी पानामा २१ मात्र लेखिएको, परीक्षकले ६४ अंक दिएकोमा सम्परीक्षकले ४ मात्रै दिएको पाइएको उनले बताए ।

उत्तरपुस्तिका परीक्षणमा गल्ती गर्ने शिक्षकलाई कारबाही गर्न विभागमा परिपत्र गर्ने द्वारेले बताए ।

प्रकाशित मिति: १९ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्