सोमलाल सुवेदी भए मुख्यसचिव


 


somlalकाठमाडौं, साउन २०

सरकारले सोमलाल सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। बुधबार विहान वसेको मन्त्रीपरिषदको बैठकले सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले जानकारी दिए।

सुवेदी संघीय मामिला तथा स्थानीय विकास सचिव थिए। ३४ वर्ष निजामती सेवामा बिताएका उनी २०३८ जेठ ९ गते सहलेखापालबाट निजामती सेवामा प्रवेश गरेका थिए।

२०४६ मा अधिकृतमा बढुवा भएका उनले लामो समय अर्थ मन्त्रालयको वैदेशिक सहयोगमहाशाखामा रहेर काम गरे। २०५३ मा उपसचिव भएपछि उनी सामान्य प्रशासनमन्त्रालय, राष्ट्रिय योजना आयोग हुँदै स्थानीय विकास मन्त्रालयअन्तर्गतविभिन्न जिल्लामा एलडिओका रूपमा काम गरे।

उनी २०५९ मा सहसचिवमा र २०६७ चैत३० मा सचिवमा बढुवा भएका हुन्।  वित्तीय विकेन्द्रीकरणमा विद्यावारिधि सुवेदीले संघीयता, वित्तीय विकेन्द्रीकरणसम्बन्धी पाँच पुस्तक लेखेका छन्।

प्रकाशित मिति: २० श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्