मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटनामा ८ को मृत्यु


 


काठमाडौं, कार्तिक ७

मलेसियाको पेनाङमा भएको सवारी दुर्घटनामा ८ विदेशी कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली समेत रहेको आशंका गरिएको छ ।
सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इन्डोनेसियन कामदार बोकेको बस अर्को बससँग जुध्दा दुर्घटना हुन पुगेको  मलेसियन सञ्चारमाध्यमहरुले जनाएका छन् ।


मंगलबार बिहान भएको दुर्घटनामा अरु ३३ कामदार घाइते भएको पनि बताइएको छ ।  जसमध्ये २३ को अवस्था गम्भीर रहेको छ ।
मृत्यु भएकामध्ये सबै महिला भएको बताइएपनि  पहिचान खुल्न बाँकी रहेको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्