खुकुरीले छिनाएको हात यसरी जोडियो


 


kateko hatकाठमाडौं, साउन २०

खोटाङका एक व्यक्तिको छिनेको हात जोडिएको छ । खोटाङका ३४ वर्षका चरित्रकुमार तामाङको छिनेको हात शल्यक्रियापछि जोडिएको उनको उपचारमा संलग्न काठमाडौंको ग्रान्डी अस्पतालका चिकित्शकले बताएका छन् ।

तामाङको तेब्रे हात गएको बुधबार घरायसी झगडाको क्रम परिवारका सदस्यले प्रहार गरेको खुकुरीले लागेर छिनेको थियो । खुकुरी प्रहारका कारण छिनेको हात जोड्नका लागि गरिएको रिप्लेशमेन्ट शल्यकृया ६ जना चिकित्शकको टोलीले १० घण्टा लगाएर गरेको ग्रान्डी अस्पतालले जनाएको छ ।

शल्यकृयामा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट भाष्कुलर सर्जन डा.उत्तम कृष्ण श्रेष्ठ, प्लाष्टिक सर्जनहरु डा. जयन मान श्रेष्ठ र डा. ज्योती रायमाझी, अर्थोपेडिक सर्जन डा. भाष्कर राज पन्त र एनेस्थेसियोलोजिष्ट डा. मुरारी राज उप्रेती र डा. अर्चना अधिकारीको टोलीले शल्यकृया गरेर तामाङको छिनेको हात जोडेको हो ।

शल्यकृयापछि तामाङले राहत महसुश गरेका छन् । उनको घाउ पनि निको हुँदै गएको छ । तामाङलाई गएको बुधबार खोटाङबाट हेलिकप्टरबाट उद्धार गरी ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।

प्रकाशित मिति: २० श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्