एेश्वर्य देशभरबाट रिलिज (भिडियोसहित)


 


काठमाडौं, कार्तिक १०

रमेश उप्रेती र केकी अधिकारी अभिनित चलचित्र ‘ऐश्वर्य’ बिहीबारबाट रिलिज भएको छ । छठको छेको पारेर चलचित्र रिलिज भएको हो ।

दिवाकर भट्टराई निर्देशित चलचित्रमा रमेश र केकीका अलावा प्रशान्त ताम्राकार र दिपिका प्रसाईँ मुख्य भूमिकामा छन् । चलचित्रमा सभलेका रुपमा देखिएका प्रशान्त ‘राघव’ को क्यारेक्टरमा छन् ।

दिपिका प्रसाईँ डेब्यू नायिका हुन् । सह–पात्रका रुपकमा रहे पनि केकी अधिकारीको भूमिका पनि चलचित्रमा मुख्य भूमिकाकै रुपमा लिन सकिने नायक रमेश उप्रेतीले बताउँदै आएका छन् ।

ट्रेलरमा उनको भूमिकालाई रुचाएका दर्शकले चलचित्रमा उनको भूमिका कस्तो छ प्रतिक्षा गरिरहेका छन् । ‘मुखौटा’ र ‘सम्बन्ध’ मा अभिनय गरेपनि नोटिस नभएका प्रशान्त ‘ऐश्वर्य’ लाई आफ्नो पहिलो ब्यबसायिक चलचित्र भन्छन् ।

अमेरिकाबाट फर्किएर चलचित्र ‘ब्रास्लेट’ मा अभिनय गरेपनि त्यसले रमेश उप्रेतीलाई कमब्याक गराउन सकेको थिएन । त्यसैले रमेशको कमव्याकको रुपमा ‘ऐश्वर्य’ लाई हेरिएको छ । रमेश यो चलचित्रको प्रोडुसरसमेत हुन् ।

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्