नेपाल आइडलका डाइरेक्टरले किन दिए राजिनामा ?


 


काठमाडौं, कात्तिक ९
नेपाल आइडलका डाइरेक्टर लक्ष्मण पौड्यालले राजिनामा दिएका छन् । एपीवान एचडी टेलिभिजनका सिनियर प्रोडुसर समेत रहेका पौड्यालले टेलिभिजनबाट राजिनामा दिएका हुन् ।

चर्चित रियालिटी शो नेपाल आइडलका यी धुरन्धार डाइरेक्टरले किन राजिनामा दिए ? यो प्रश्न भने रहस्यमै रहेको छ । अन्र्तराष्ट्रिय फ्रेन्चाइज शो नेपाल आइडलका कारण छोटो समयमै चर्चामा आएको एपीवान टिभीबाट पौड्यालले किन हात धुए ? कारणहरु खासै खुल्ल सकेको छैन् ।

एपीवान व्यवस्थापनले पौड्यालको कामको सही मूल्यांकन नगरेका कारण उनले राजिनामा दिएको बताइएको छ । तर पौड्यालले आज अपरान्ह ४ः५० बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कामको मूल्यांकन नभएर राजिनामा दिएको भन्ने हल्ला गलत भएको बताएका छन् ।

यद्यपी उनले राजिनामा दिएको भने पुष्टि गरेका छन् । लामो समय आइडलमा व्यस्त हुँदा आफ्ना व्यक्तिगत महत्वपूर्ण काम र परिवारलाई समय दिन नसकेको र अब त्यता तिर ध्यान दिन राजिनामा दिएको फेसबुकमा उल्लेख गरेका छन् ।

कान्तिपुर टिभीको किलो ट्यांगो माइक जस्ता चर्चित कार्यक्रमको पौड्यालले निर्देशन गरिसकेका छन् । नेपाल आइडलको कतारमा भएको ग्राण्ड फिनाले लाइभ देखाउन नसक्दा भने पौड्याल लगायत एपीवान टिभी व्यवस्थापनको चर्काे विरोध भएको थियो ।

पौड्यालले फेसबुकमा यस्तो लेखेका छन्

हो मैले राजिनामा दिएको हो । तर यो कुनै सहि मूल्याकंन नभएको या यस्तै कुनै कारण ले पक्कै पनि होईन । म यो शो मा लामो समय सम्म लगातार आवद्ध हुदा केही महत्त्वपूर्ण कामू र पारिवारिक समयू म बाट टाढा भएका थिए । त्यसैले अब यस् तर्फ पनि आफ्नो समय छुट्टाउनु आवस्यक लागेर यो निर्णय गरेको हु।

मैले आज सम्म काम गरेको AP1 HD television , यहाँका सम्पुर्ण माननिय पद मा रहनु भएका तथा सहकर्मी साथी हरुले हदै सम्म साथ दिनु भएको थियो जस्को गुण सायदै तिर्न सक्छु होला ।

त्यसैले कामको मुल्यांकन न भएको  भन्ने समाचार आउदा म आफै स्तब्ध छु । मलाई अहिले सम्म साथ र सहयोग गर्नु भएका सम्पुर्ण सहकर्मी साथि र AP1 HD television को स्थान मेरो लागि सधै माथि रहने छ।

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्