अामिर खान र रणवीर सि‌ंह एउटै फिल्ममा


 


काठमाडौ‌ं, कार्तिक १०

बलिउड अभिनेता रणवीर सिंहका लागि यो बेला फिल्म इण्डष्ट्रिमा स्वर्णिम समय चलिरहेको छ । बलिउडमा उनको लगातार माग बढ्दै गएको छ ।

रणवीरलाई आफ्नो फिल्ममा अभिनय गराउन नाम चलेका निर्देशक र निर्माताहरु पर्खाइमा छन् ।

रणवीर सिंह अभिनित फिल्म ‘पद्मावती’ छिट्टै प्रदर्शनमा आउने भएको छ । त्यसपछि रोहित शेट्टीको नयाँ फिल्ममा काम गर्ने सोच बनाएका रणवीर सिंहसँग क्रिकेटर कपिल देवको ‘बायोेपिक’ फिल्मपनि छ । उनले थुप्रै अरु सिनेमाका लागिपनि सम्झौता गरिसेकेका छन् ।

रणवीर सिंहलाई छिट्टै अर्का चर्चित अभिनेता आमिर खानसँग पहिलो पटक फिल्मी पर्दामा देख्न पाइने भएको छ । उनी आमिर खानको आगामी फिल्म ‘राकेश शर्माको बायोपिक’ मा विशेष भूमिकामा देखिने भएका छन् ।

प्राप्त खबरका अनुसार आमिर खानले रणवीर सिंहलाई राकेश शर्माको बायोपिकमा आधारित फिल्म ‘सैल्युट’ मा विशेष भूमिका निभाउन भन्ने चाहन्छन् । जसलाई सिद्धार्थ कपूरले निर्माण गर्ने भएका छन् ।

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्