महिलाहरु के चाहन्छन् त..?


 


काठमाण्डौ,कात्तिक १२
आम रूपमा पुरुषमा के धारणा पाइन्छ भने जति पटक उनीहरू आफ्नो साथीसित यौन क्रियामा संलग्न हुन्छन त्यति नै खुसी उनीहरूकी साथीलाई हुन्छ ।

जुन केही हदसम्म सत्य हो, तर आजको भागदौडको जीवनमा त्यो सम्भव देखिँदैन । आजभोलि अधिकांश दम्पती कामकाजी हुन्छन् । यस्तोमा यौनसम्पर्क कतिपटक भयो भन्दा पनि कति सन्तुष्टदायक भयो भन्ने कुराले महत्व राख्छ ।

त्यसैले हरेक दिनको साटो सातामा एकपटक यौनसम्पर्कका लागि उत्कृष्ट समय निकाल्नुपर्ने धारणाको विकास भएको पाइन्छ । जसबाट दम्पतिबीच प्रेम–प्रगाढता त बढ्छ नै, महिलाहरूलाई सन्तुष्टि पनि प्राप्त हुन्छ ।

रोमान्स नभई यौनको चाहना

रोमान्स वैवाहिक जीवन र यौनसम्पर्कको प्रारम्भका लागि अत्यन्त आवश्यक छ, तर कैयन् स्थितिमा महिलाहरू रोमान्सलाई एकातिर छोडेर साथीबाट मात्र यौनसम्पर्कको इच्छा राख्छन् । यस्तोमा पुरुष साथीले उनीहरूको इच्छाविपरीत व्यवहार गरे भने महिलाहरूले त्यसलाई रुचाउँदैनन् ।

यौनसम्पर्कपश्चात
प्राय पुरुषहरू यौनसम्पर्कपश्चात् मुख फर्काएर सुत्छन, तर महिलाहरू त्यसो गर्दैनन् । यौनसम्पर्कपश्चात् पनि उनीहरू पार्टनरको प्रेमपूर्ण स्पर्शको चाहना राख्छन्, जसलाई प्राय पुरुषले बुझ्दैनन् ।

यौनसम्पर्कपश्चात् पुरुष साथीको त्यस्तो व्यवहारबाट सन्तुष्ट प्राप्त हुनुको साटो महिलाको तनाव अझ बढ्छ । अत पुरुषहरूले यस विषयमा सजग रहनुपर्छ ।

केही नयाँ प्रयोग गर्ने चाहना

दैनिक तालिकाका कुरा कसैलाई पनि मनपर्दैन । जसरी दैनिक रूपमा एउटै प्रकारको खाना वा एउटै प्रकारको पहिरन लगाउँदा जो कोहीलाई बोर लाग्छ, त्यसैगरी अन्तरंग क्षणहरूमा पनि महिलाहरू पुरुष साथीबाट केही नयाँ प्रयोगको अपेक्षा राख्छन् । यस्तोमा जब पुरुष साथीले उनीहरूको भावना बुझ्न सक्दैनन् तब उनीहरू त्यसबाट टाढा रहन थाल्छन् ।

स्वभावमा परिवर्तन
यदि तपाईं आफ्नो जीवनसाथीको नजिक रहन चाहनुहुन्छ भने उनको इसारा बुझ्नु आवश्यक छ । महिनाबारीका बेला हार्मोनल परिवर्तनका कारण महिलाहरूमा स्वभावमा समस्या देखिन्छ, अर्थात् उनीहरूको स्वभाव परिवर्तन हुन्छ ।

यसबाट केही महिलामा कामेच्छा बढ्छ, तर केही यौनसम्पर्कबाट टाढा रहन मन पराउँछन् । यस्तोमा उनीहरूको मनको कुरा बुझेर व्यवहार गर्नु पुरुषको जिम्मेवारी हो । एजेन्सी

प्रकाशित मिति: १२ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्