युवा संघ बुढानिलकण्ठ-१० अध्यक्षमा उज्वल दहाल


 


काठमाडौं, कार्तिक १२

एमालेको भातृ संगठन युवा स‌ंघ बुढानिलकण्ड नगरपालिका वडा न‌ं १० को अध्यक्षमा उज्वल दहाल सर्वसम्मत चुनिएका छन् ।

शनिबार बसेको युवा संघ  बुढानिलकण्ठ-१० को बैठकले यसअघि संयोजक रहेका उज्वल दहाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

युवा संघ वडा १० इकाईका अनुसार  उपाध्यक्ष, सचिव, सह-सचिव र कोषाध्यक्षमा क्रमशः शुनिल तामाङ, राजेश तामाङ, अायुष श्रेष्ठ र अंञ्जु राई सहित को २३ सदस्यीय कमिटी समेत गठन गरेको छ।

दहाल बुढानिलकण्ठ स्थित कपन डेण्टल हस्पिटलको सञ्चालक हुन भने ईसीमोड नेपालको इन्डिपेन्डेन्ट कन्सल्टेन समेत हुन् ।

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्