उम्मेदवारको अन्तिम टुंगो लगाउँदै एमाले



काठमाडौँ, कात्तिक १४
नेकपा (एमाले) कोे मंगलबार बस्ने स्थायी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवार टुंगो लगाउने भएको छ ।

एमाले प्रचार विभागका सचिव विष्णु रिजालकाअनुसार आज प्रदेश नं ७ को उम्मेदवारी छनोट प्रक्रिया लगभग सकिएको र आज प्रदेश नं ६ बाट उम्मेदवार चयन प्रक्रिया अगाडि बढ्नेछ ।

नेकपा (माओवादी केन्द्र) सँग भएको सहमतिका आधारमा उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइएको एमालेले जनाएको छ ।

माओवादी केन्द्रले पनि आज उम्मेदवार छनोट प्रक्रिया सुरु गरेपनि कुनै ठोस निर्णय भने सार्वजनिक गरेको छैन । सो पार्टीले पनि मंगलबार नै उम्मेदवार छनोट प्रक्रियालाई अन्तिम रुप दिने जनाएको छ ।

तर दुई पार्टीकाबीचमा चितवन क्षेत्र नं २, सल्यान, झापा नं २, सुनसरीको दुई क्षेत्रका विषयमा सहमति हुन सकेको छैन । ती क्षेत्रको विषयमा समेत सहमति जुटाएर उम्मेदवारी छनोट गर्ने र प्रचारप्रसारमा लाग्ने नेताहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News