मरिष्का र आकाशको रोमान्स (भिडियो)



काठमाडौं, कार्तिक १५

गीतकार अम्बिका गुरुङद्वारा रचना गरिएको ‘जून जस्तै शीतल…’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको छ ।

सोमबार प्रिमियर गरिएको उक्त गीतमा गायक सुमन केसीको स्वर छ । शंकर थापाले संगीत गरेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलले अभिनय गरेका छन् ।

उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News