सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर अर्को पराकम्प


 


काठमाडौं, साउन २२

बिहीबार बेलुकी सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । बेलुकी ८ बजेर ३६ मिनेट जाँदा सिन्धुपाल्चोकको बराम्ची आसपास केन्द्रविन्दु भएको ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ पछि ४ रेक्टर स्केल माथिका झण्डै ३७० पराकम्प गइसकेको छ ।

प्रकाशित मिति: २२ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्