प्रेस चौतारीका अध्यक्षले दिए स्वतन्त्र उम्मेदवारी



भीमदत्तनगर, कात्तिक १६
आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि कञ्चनपुरमा आज मनोनयन दर्ता शुरु भएको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा सबै निर्वाचन कार्यालयहरु भीमदत्तनगरमा स्थापना भएका छन् ।

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले आज बिहान १०ः२० बजे पहिलो उम्मेदवारी दर्ता कर्णबहादुर चन्दले प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।

नेकपा (एमाले) कञ्चनपुरका जिल्ला कमिटी सदस्य तथा प्रेस चौतारीका जिल्ला अध्यक्षसमेत रहेका चन्दले निर्वाचन क्षेत्र नं ३ को ‘क’ बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धनबाट उक्त प्रदेश सभाका लागि प्रकाश रावललाई उम्मेदवार बनाएको छ । पार्टी निर्णयलाई अस्विकार गर्दै चन्द स्वतन्त्र उम्मेदवार बन्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News