महन्थ ठाकुर र उपेन्द्र यादवविरुद्ध राजपाकै बागी


 


काठमाडौं, कार्तिक १७

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले बागीको सामना गर्नुपर्ने भएको छ। दुबैविरुद्ध राजपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

ठाकुर उम्मेदवार बनेको महोत्तरी–३ मा पूर्वसांसद चन्द्रेश्वर झाले उम्मेदवारी दिएका छन्। झा २०७० को निर्वाचनमा महोत्तरी- ४ बाट स्वतन्त्र रूपमा विजयी भएका थिए।

एक महिनाअघि मात्रै उनी राजपा प्रवेश गरेका थिए। आफूलाई जनताले चाहेकोले उम्मेदवारी दिएको झाले  बताएका छन्।

पार्टीले आफूलाई संघीय संसदको समानुपातिक उम्मेदवार समेत नबनाएकोले उम्मेदवारी दिएको बताए।

त्यस्तै सप्तरी-२ मा फोरम अध्यक्ष यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

पार्टीले सल्लाह नै नगरी फोरमलाई छोडेकाले आफूले उम्मेदवारी दिएको ठाकुरले बताए ।

सप्तरी–२ राजपाको सबैभन्दा सुरक्षित ठाँउ भएको भन्दै उनले राजपाको निर्णयले जनता निराश भएको बताए।

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्