विशाल भट्टराईलाई चार प्रश्न : ‘खोटाङमा वामपन्थीको किल्लालाई कसैले रोक्न सक्दैन’


 


पूर्व सांसद तथा खोटाङमा वामगठबन्धनवाट प्रतिनिधि सभाको उम्मेदवार वनेका विशाल भट्टराई भन्छन् खोटाङमा वामपन्थीको किल्लालाई कसैले रोक्न र भत्काउन सक्दैन । भट्टराईसँग गरिएको संक्षिप्त कुराकानी;

वाम गठबन्धनबाट प्रतिनिधिसभाको सांसदमा किन तपाईको उम्मेदवारी ?

हामिले दोश्रो संविधानसभाको निर्वाचनमा जे कुरा पुरा गछौ भनेर भोट मागेका थियो त्यो पुरा भएको छ । वहुपहिचान सहितको संविधान निर्माण र खोटाङे जनतालाई मैले र मेरो पार्टीले विश्वास जित्न सफल भए पछि पार्टीले मलाई उम्मेदवार वनाएको छ ।

मेरो कुनै आग्रह पुर्वाग्रह भन्दा पनि २०७० सालमा आएको मतको आधार र यहाँका जनताको मन जित्न सफल भएकोले मलाई वाम गठबन्धनवाट साझ उम्मेदवार वनाएको हो ।

तपाईले २०७० सालको दोश्रो संविधानसभाको चुनाव जिते पछि के काम गर्नु भो र पार्टीले विश्वास गर्याे ?

मुलत लामोसमय देखि परिवर्तनको पक्षमा रहेका नेपालि जनतालाई न्याय दिने काम संविधान निर्माण पश्चात भएको छ ।

मैले २०७० सालको संविधानसभाको निर्वाचनको टिकट पाउनु अगाडि र पाए पछि कुनै समय ढाट्नेकाम गरिन कसैलाई झुटा आश्वासन दिएर हिडिन यो नै जनताको पक्षमा मेरो सकारात्मक पक्ष हो कति पय पार्टिका साथिहरुले अनाबस्यक हल्ला गर्ने जागिर लगाई दिन्छु जस्ता झुट कुरा पहिले पनि गरेका थिए र अहिले पनि गरेर हिडेका छन्, सत्य बोल्नु नै केरो सफ पक्ष हो र विकासको कुरा गर्ने हो भने म निर्वाचित भए पश्चातको समय ३ वर्ष आठ महिना २० दिन मा धरै उपलब्धि मुलक काम गरेको छु ।

गाईघाट दिक्तेल मोटरेवल बाटो को लागि केपी ओलि प्रधानमन्त्री हुदाँ मेरो नेतृत्वमा गएर अर्थमन्त्रि विष्णु पौडेललाई भेटेर २ अर्ब ६८ करोड रकम विनियोजन गर्न लगाउनु जिल्लाको विकासको ठुलो सफल पक्ष रहेको छ र अहिले पिचको काम भई रहेको छ ।

हामि निर्वाचित भए पछि खोटाङ ओखलढुङ्गा सोलु जोड्ने सगरमाथा स्वर्ण चक्रपथ निर्माणको कार्य सुरु गर्नु खोटाङका जनताको लागि ठुलो उपलब्धि रहेको छ ।

२० वर्ष देखि चिसापानी र ऐसेलुखर्कमा डाक्टर नबस्ने र पोष्माटर्म घर नभएको अबस्थामा मेरो कार्यकालमा अनिर्वाय एमविविएस डाक्टर नियमित बस्ने र पोष्माटर्म घरको पनि निर्माण गरिएको छ ।

खोटाङ बजारमा मालपोत कार्यालय ऐसेलुखर्कमा बैक ईलाका प्रशासन कार्यालयको स्थापना र चिसापानीमा कृषि विकास वैकको स्थापना गराए र जनतालाई परिवर्तनको महसुस गरेको छु र सदरमुकामसगँ जोडिने वाटोमा रहेको जयरामघाटको पुल नबन्दा मेरो नेतृत्वमा गएर पुल निर्माणमा ढिला भयो भन्दै धर्ना बसेपछि म राजनराई लगाएतले लाठि खानु प¥यो र यो लाठिको उपलब्धिले यो पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

धाप्लाङ घाटको पक्की पुल र दुधकोसीको रभुवामा रहेको पक्की पुलको सुरुवात गर्न सफल भएको छु भने अर्को महत्व पुर्ण काम हलेसी क्षेत्रका सुख्खा गाविसहरुमा पम्पीङ प्रविधिवाट खानेपानी पु¥याउने काम को थालनी भएको छ, भने झोलुङ्गे पुलहरु धेरै ठाउँमा लगाउने कार्य सम्पन्न गरिएको छ भने सडक विजुली खानेपानी लगाएत थुप्रै काम गरिएको छ ।

धेरै उपलब्धि मुलक काम र जनताको लोकप्रिय माननिय भएकोले मलाई मायाले होईन मेरो काम को मुल्याङकन गरेर टिकट दिएको हो ।

तपाईका जित्ने आधारहरु के छन् ?

मेरा जित्ने आधारहरु धेरै माथि आई सकेका छन् । जनता र जनप्रतिनितिको सम्बन्ध जोडिएर गएको छ । चुनाब जित पछि अधिकासं समय जिल्लामा बसेर जनताको काम गरेको छु । हरेक जनताको घर घर गएको छु । र पहिला मैले ५ हजार ९ सय वढि मत ल्याएको थिए त्यो मत घट्नदिएको छैन यसपटक १५ हजार बढि मत ल्याएर जित्ने विस्वास लिएको छु ।

तपाईले जित्नु भयो भने अब के काम गर्नु हुन्छ ?

सर्वप्रथम मेरो जित पछि अधि मैले भन्ने गरेको छु ढाट्ने र झुठा आशवस्न दिने काम म वाट हुदैन । गर्न सक्ने काम गर्छु भन्ने हो । संविधानको कार्यान्वयन प्रमुख विषय रहेको छ संविधान कार्यान्वयन सगै अधुरा कामहरु पुरा गर्दै जाने छु ।

जिल्लामा निर्माण भएका सडकहरु अन्तर जिल्ला र पालिकाहरु जोड्ने सडक सबै कालोपत्रे गर्ने प्रतिबद्धता आम सञ्चारमाध्यमबाट गर्न चाहान्छु कृषि शिक्षा स्वास्थ्य ब्यवशायिक अलैचि खेति लाई प्राथामिकतामा राखेर जिल्लाको विकासमा जोड दिने छु र अन्तमा के भन्न चाहान्छु भने सुर्य चिन्नह वाम गठबन्धनलाई दिएको भोट खेरजान दिने छैन सम्मृद्ध खोटाङ ५ वर्ष भित्र वनाउने प्रतिबद्धता जनाउन चाहान्छु ।

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्