नेपालमा भारतीय सुटरको आतंक : फेरि तीन जना पक्राउ



पोखरा, कात्तिक १८
दुई भारतीय काठमाडौंको कमलादीबाट पेस्तोलसहित पक्राउ परेको घटना सेलाउन नपाउँदै प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरीले शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन । कास्की प्रहरी स्रोतले भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका ३ भारतीय सुटर पक्राउ परेको जनाएको छ ।


प्रहरीका अनुसार, पक्राउ परेका ३ भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरु हुन् । ४ भन्दा धेरैै हत्या आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा उनीहरुमाथि रहेको प्रहरी दाबी छ ।

भारतको राजस्थान प्रहरीले नेपालको केन्द्रीय अनुसन्धान व्युरोलाई उनीहरुको बारेमा जानकारी गराएर खोजी गरिदिन केही समयदेखि आग्रह गर्दै आइरहेको थियो । भारतले आग्रह गरेको केही समयपछि उनीहरु पोखराबाट पक्राउ परेका हुन् ।
भारतीय सुटर पोखरा छिरेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

गत १६ गते प्रहरीले काठमाडौंको कमलादीबाट दुई भारतीय पेस्तोलसहित पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरुको साथबाट पञ्जाव प्रहरीको परिचयपत्र फेला परेको थियो । त्यसको २ दिनपछि पोखरामा ३ भारतीय पेस्तोलसहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News