नेकपा मालेका पोलिटब्युरो सदस्य सहित उम्मेदवार नै एमालेमा प्रवेश



काठमाडौँ, कात्तिक २१
नेकपा (माले) का पोलिटब्युरो सदस्य रामचन्द्र बलामीसहित ३० जना नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

आज साँझ यहाँ आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले (माले) का केन्द्रीय सदस्य भरतमणि ज्ञवाली, सो पार्टीको मजदुर संगठनको केन्द्रीय अध्यक्ष नरबहादुर थापालगायतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभयो ।

ज्ञवाली गुल्मी क्षेत्र नं १ मा नेकपा (माले) कातर्फबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ ।

सो अवसरमा अध्यक्ष ओलीले वाम गठबन्धनलाई समृद्ध र प्रभावकारी बनाउने एकता प्रक्रियामा यसले सहयोगी हुने बताउनुभयो ।

मालेका पोलिटब्युरो सदस्य बलामीले बृहत् वामपन्थी एकताका लागि प्रयास गर्दा मालेको नेतृत्व तयार नभएकाले आफूहरु बृहत् वाम एकतामा आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News