चुनाबी खर्च उठाउन चन्दा आतंक बढ्दो



मोरङ, कात्तिक  २२

मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी चन्दा आतंकका कारण हैरान भएका छन् । राजनीतिक दलहरुले चुनावी खर्चका लागि उद्योगी व्यवसायीसँग चन्दा मागेर हैरान पारेको उद्योगीले बताएका हुन् ।

एक नम्बर प्रदेश उद्योग वाणिज्य संघका कोषाध्यक्ष रमेश राठीका अनुसार आर्थिक सहयोगका लागि विभिन्न दलहरुले उद्योगीलाई फोन गरेरै चन्दा माग्ने गरेका छन् ।

उहाँले भन्नुभयो, “धेरै दलहरुले चन्दा मागेका छन् कसलाई दिनु कसलाई नदिनु । राठीका अनुसार एउटै उद्योगीका विभिन्न जिल्लामा उद्योग सञ्चालित छन् । मोरङमा चन्दा दिइएकै दलहरुले अन्य जिल्लामा भएका उद्योगमा पनि चुनावका लागि आर्थिक सहयोग पत्र लेखरै माग्ने गरेका छन् ।

उद्योगमा दलहरुले चुनावी सहयोगका लागि पत्र लेखेरै उद्योगमा पठाउने गरेका कारण उद्योगी तनावमा छन् । त्यतिमात्र होइन टंकी सिनवारीमा रहेको भगवती कार्पेटका व्यवस्थापक उमेश सिग्देलका अनुसार कहिले कुन पार्टीको जिल्ला सम्मेलन, कहिले कुन पार्टीको राष्ट्रिय सम्मेलन, कहिले कहाँको धार्मिक महोत्सव, कहिले कुन पार्टीको आन्दोलनका लागि आर्थिक सहयोग मागेरै पत्र आउने गरेको छ ।

पत्रमा आर्थिक सहयोग भनेर लेखिए पनि रेट तोकेरै उद्योगीसँग बार्गेनिङ गर्ने गरेको उद्योगीले बताएका छन् । त्यतिमात्र होइन विभिन्न धार्मिक संस्कारमा समेत करिडोर क्षेत्रका उद्योगीसँग रेट तोकेरै चन्दा माग्न धेरै आउने गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News